२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको भन्सार दर १० प्रतिशत वृद्धि

सुनको भाउ : ' तोलामा एकैदिन २० हजार पाँचसय बढ्यो '

आइतवार , जेठ १७, २०८३

 

काठमाडौँ.जेठ ।

सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । जसको कारणले नेपाली बजारमा एकै दिन सुनको भाउ तोलामा २० हजार पाँच सय र चाँदीको तीन सय पाँच रुपैयाँ बढेको छ । 

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँ रहेको थियो । 

यता, गत शुक्रबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर पाँच हजार तीन सय ४५ रुपैयाँ पुगेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
 

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार