२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ईरानमा अमेरिकाको फेरि हमला

इरानका सर्वोच्च नेता खामेनीले दिए : ' यस्तो चेतावनी '

मंगलवार , जेठ १२, २०८३

 

इरान, जेठ ।

अमेरिकाले फेरि हमला गरेपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सार्वजनिक टिप्पणी गरेका छन् । इरानका सर्वोच्च खामेनीले लिखित सन्देश जारी गरेको बीबीसी फारसीले जनाएको छ ।

उक्त सन्देश सरकारी टेलिभिजनमार्फत पनि प्रसारण गरिएको छ। खामेनीको यो सन्देश अमेरिकाले गरेको पछिल्लो हमलापछि आएको हो ।

अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हमला गरेको जनाएको छ, जसमा इरानी मिसाइल अड्डा तथा समुद्रमा बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका जहाजहरूलाई निशाना बनाइएको बताइएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डले जारी गरेको वक्तव्यमा यी हमला आत्मरक्षाका लागि गरिएको र इरानी बलबाट सैनिकहरूलाई हुन सक्ने खतरा रोक्नु यसको उद्देश्य रहेको उल्लेख गरिएको छ ।

मार्चमा सर्वोच्च नेता चयन भएपछि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् ।

अहिलेसम्म उनले लिखित बयान मात्रै जारी गर्दै आएका छन् । खामेनीले आफ्नो लिखित सन्देशमा खाडी क्षेत्रका देशहरू अब अमेरिकी सैन्य अड्डाका लागि ढाल नबन्ने बताएका छन् ।

उनले भनेका छन्, ' समयको चक्र अब पछाडि फर्किने छैन र यस क्षेत्रका देश तथा भूमि अब अमेरिकी अड्डाहरूका लागि ढाल बन्ने छैनन् ।'

उनले थप भने, ' अमेरिका दिन प्रतिदिन आफ्नो पुरानो हैसियतबाट टाढिँदै गएको छ । आफ्नो सन्देशमा खामेनीले इजरायलको पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ' अस्थिर जायोनी शासन र इजरायल आफ्नो दुर्भाग्यपूर्ण अस्तित्वको अन्तिम चरणमा पुगेका छन् ।' यस लिखित सन्देशमा खामेनीले १० वर्षअघि आफ्ना पिताले दिएको बयान सम्झाउँदै इजरायलले ‘२५ वर्षपछिको इतिहास देख्न नपाउने बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार