२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

घट्यो सुनचाँदीको मूल्य

मंगलवार , जेठ १२, २०८३

काठमाडौँ,जेठ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । 

सोमबार चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार