२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

साफ महिला च्याम्पियनसिप २०२६ : ' १-० ले नेपाल विजयी'

सोमवार , जेठ ११, २०८३

 

काठमाडौं, जेठ ।

साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको छ। भारतको गोवास्थित जवहारलाल नेहरू स्टेडियममा गीता रानाले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बनेको हो।

पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा निकै राम्रो अवसरहरू प्राप्त गरे पनि गोल भने निकाल्न सकेन। खेलको १५औं मिनेटमा भुटानले राम्रो अवसर गुमायो।

एन्जिला तुम्बापो सुब्बालाई नेपालका डिफेन्डरले ब्याकपासमार्फत दिएको बललाई फिर्ता पठाउन खोज्दा भुटानी खेलाडीको खुट्टामा परेको थियो। उक्त बललाई बिमला बिकले क्लियर गरिन्। २३ औँ मिनेटमा नेपालले गोल गरेको छ।

नेपालको लागि २३औं मिनेटमा दीपा शाहीले गरेको कर्नरमा बिमला बिकले हेडर गर्न खोजिन् सोही बललाई अनिता लम्जेलले पास मिलाउँदा गीता रानाले अनिता लम्जेलको पासमा उत्कृष्ट फिनिस गरिन्।

खेलको ३६ औँ मिनेटमा रेखा पौडेलले हानेको प्रहार सेकेन्ड बारमा लाग्यो। डेब्युटेन्ट अनिता लम्जेल केही ढिलो हुन पुगिन्। खेलको ५१ औं मिनेटमा नेपालले राम्रो अवसर पाएको थियो।

रेखा पौडेलले बायाँ तर्फबाट दिएको पासलाई अनिता बस्नेतले दायाँबाट कस्तीदा रेखाले गरेको हेडर भुटानकी गोलकिपरको खुट्टामा लाग्यो र त्यो मौका नेपालले खेर फाल्यो। ८१ औं मिनेटमा शाहीले हानेको प्रहार बाहिरियो।

रेखा पौडेलले दुई जना डिफेन्डरलाई बिट गर्दै अगाडि लगेको बल पास मार्फत दीपाले प्राप्त गर्दा दीपाले पोस्टको दिशा दिँदा बल पोष्ट बाहिर गयो।

दोस्रो हाफमा छ मिनेटको समय थप गरिएको थियो। थप गरिएको समयको दोस्रो मिनेटमा रेखा पौडेलले वान बाइ वानको अवसर सदुपयोग गर्न सकिनन् उनले हानेको बललाई भुटानकी गोलकिपर संगीताले टच दिँदै बाहिर पठाइदिन्।

समूह ए मा रहेको नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार