२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिका इरान  युद्ध

शान्ति वार्ता जारी : ' निष्कर्षमा नपुगे युद्धको खतरा अझै '

ट्रम्पले दिए इरानमाथि फेरि हमलाको संकेत : किन बोलाए सुरक्षा अधिकारीहरुको वैठक ?

शनिवार , जेठ ९, २०८३

 

अमेरिका, जेठ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्नसक्ने संकेत दिएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि भइरहेको वार्ता निष्कर्षमा नपुगे युद्धको खतरा अझै कायम रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।

यदि अन्तिम समयको वार्ता असफल भयो भने ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमण सुरु गर्ने विषयमा ‘गम्भीरतापूर्वक विचार’ गरिरहेका रिपोर्टमा दावी गरिएको छ । यस विषयमा छलफल गर्न ट्रम्पले शुक्रबार बिहान राष्ट्रिय सुरक्षा टोलीका वरिष्ठ अधिकारीहरूको बैठक बोलाएका थिए ।

तेहरान पुगे पाकिस्तानी सेना प्रमुख

यसैबीच असिम मुनी इरानको राजधानी तेहरान पुगेका छन् । उनले शनिबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका कमाण्डर जनरल अहमद वाहिदीसँग भेट गर्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानी विदेश कार्यालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तानबाट इरान गएको उच्चस्तरीय प्रतिनिधिमण्डल सम्बन्धी समाचारलाई न पुष्टि गरेका छन् न खण्डन ।

कतारको एक प्रतिनिधिमण्डलले पनि अन्तिम समयमा सम्झौता गराउने प्रयास गरिरहेको बताइएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार वार्ता अत्यन्त चुनौतीपूर्ण बनेको छ र सम्झौताको मस्यौदा दैनिक रूपमा फेरबदल भइरहे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।

परमाणु हतियार मुख्य विवाद

ह्वाइट हाउसमा भएको बैठकमा उपराष्ट्रपति जेडी भान्स, रक्षा मन्त्री पिट हेगसेथ, सीआईएका निर्देशक जोन रैटक्लिफलगायत सहभागी थिए । 

ट्रम्पले कार्यक्रममा बोल्दै भने, ' इरान सम्झौता गर्न चाहन्छ, अब के हुन्छ हेर्न बाँकी छ । तर हामीले उनीहरूलाई कडा झट्का दिएका छौं । इरानसँग परमाणु हतियार हुन सक्दैन ।'

अमेरिकी विदेशमन्त्री म्याक्रो रुबियोले स्विडेनमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको वार्तामा सामान्य प्रगति भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार