२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ट्रम्प - सी दुईघण्टा वार्ता

ट्रम्पले राष्ट्रपति सीलाई दिए - ' महान् नेता' को सङ्ज्ञा

' ट्रम्पले ताइवानको विषयमा छलफल भए नभएको केही खुलाएनन '

बिहिवार , बैशाख ३१, २०८३

 

बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई ' महान् नेता' को सङ्ज्ञा दिएका छन्। उनीहरूबीच झन्डै दुई घण्टा भेटवार्ता भयो।

 

ट्रम्पले वार्तालाई ' भव्य' भनेका छन्।

चीनको औपचारिक भ्रमण गएका ट्रम्पलाई चिनियाँ पक्षले भव्य स्वागत गरेको थियो।

उनीहरूबीच वार्ता सुरु हुनासाथ चिनियाँ सरकारी सञ्चार माध्यममा सीले ताइवानका विषयमा अमेरिकासँग ' द्वन्द्व' हुनसक्ने चेतावनी दिएको टिप्पणी सार्वजनिक भयो।

तर ट्रम्पले ताइवानको विषयमा छलफल भए नभएको केही खुलाएका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार