सम्माननीय प्रधानमन्त्री ज्यू, सम्माननीय प्रधान न्यायधीशज्यू तथा सम्मानित न्यायमुर्तिज्यूहरु समक्ष न्यायको लागि विन्तिपत्र
नेपाल ईन्जिनियरिङ्ग कलेज समाजिक वा निजी ?
सुनिदिनुर्पे सामान्य प्रश्नहरु
१. निजी स्वामित्व वा निजी लगानीको सम्पत्ती स्वामित्ववाला तथा निजका हकवालासहितको कानुनी मञ्जुरी तथा दानपत्र विना अर्काको नाममा स्वामित्व परिवर्तन हुन्छ कि हुदैन ?
२. ७ जनाको साझेदारी निजी इचनबलबष्शबतष्यल मा त्यसमध्ये २ जनाले अरु ५ जनालाई जानकारी नै नदिई गोप्यरुपमा अन्य ५ जनाको सम्पत्तीको स्वामित्व परिवर्तन गर्न सकिन्छ कि सकिदैन ?
३. सामाजिक संस्था दर्ता गर्न संस्थादर्ता ऐन २०३४ ले स्पष्ट रुपमा कमसेकम ७ जनाले नियमानुसार सयुक्त हस्ताक्षर, औठाछाप साक्षीको हस्ताक्षर वा औठाछाप चलिरहेको इचनबलबष्शबतष्यल छ भने साधारण सभा, सञ्चालक समितिको निर्णय,सञ्चालक समितिले स्वीकृत गरेको विधान, अन्तिम वर्षको लेखा परिक्षण प्रतिवेदनसहित निवेदन आएमा जिल्ला प्रशासन कार्यालयले सम्पुर्ण सञ्चालक अथवा ७ जनाकै हस्ताक्षर सनाखत, साक्षीको हस्ताक्षर सनाखत समेत गरि प्रहरी रिर्पोट अनिवार्य रुपमा सम्वन्धित नियमनकारी निकायहरु पोखरा विश्वविद्यालय तथा शिक्षा मन्त्रालयको सहमति पत्र ईत्यादी प्राप्त भएमा मात्र सामाजिक संस्था दर्ता गर्न सकिनेमा म लगायत ७ जनाको निजी लगानीले सञ्चालन गरेको तथा २०५१ सालमा त्रिभुवन विश्वविद्यालयसँग निजि क्षेत्रबाट सञ्चालन गर्न सम्वन्धन प्राप्त गरि सञ्चालन गरिएको र उक्त कलेजलाई २०५५ देखि स्वामित्वको अवस्था यथावत रुपमा राखी पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त भएको नेपाल ईन्जिनियरिङ्ग कलेज माथि उल्लेख गरिएका कुनै पनि प्रकृया पुरा नगरी कसरी सामाजिक संस्था दर्ता हुनसक्छ ? र आफ्नो स्वीकृति विना आफ्नो संम्पत्तीको दान हुनसक्छ ?
यदी उल्लेखित प्रकृया पुरा नगरी सामाजिक संस्था दर्ता गरिदिने कार्य ऋम्इ बाट भएको छ भने निजलाई सरकारी पदिय दायित्वको दुरुपयोग गरी किर्ते कागजात वनाई दिएकोमा मुद्धा लाग्नुपर्दछ कि पर्दैन ?
र यस्ता सामाजिक संस्था गैह कानुनी हुन्छन कि हुदैनन ? ७ जनाको सामुहिकमा २ जनाको मनोमानीलाई मान्यता दिने कानुनी व्यवस्था कहि कतै छ ? कानुनी प्रकृया वाहिरनै सामाजिक संस्था दर्ता हुन सक्छ ? र आफ्नो स्वीकृति विना आफ्नो संम्पत्तीको दान हुन सक्छ ?
४. सरकारी जग्गा भाडामा लिई उक्त जग्गामा १ प्रतिसतभन्दा कम संरचना वनाईएको कामवाट निजी कलेज समाजिक हुन्छ ? वार्षिक भाडा वापत १५ जना विद्यार्थीलाई निशुल्क पढाईएको छ । यसरी १ प्रतिशत भन्दा कम सरकारी जग्गा भाडामा लिदा मेरो ५ जनावाट खरिद गरेको ५८ रोपनी जग्गासमेत स्वतः सामाजिक हुने कुनै कानुनी व्यवस्था छ भने उक्त कानुन मलाई उपलब्ध गराईदिन होला । आदरणीय वरिष्ठ अधिवक्ता शम्भुथापा ज्यू ।
मेरो १ प्रतिशत संरचना वन्दा निजी कलेज समाजिक हुने भएमा शतप्रतिसत सरकारी जग्गामा वनेको जस्ता १००० वटाभन्दा वढी सवै निजी कम्पनीहरु सामाजिक हुनुपर्छकि पर्दैन ? शम्भु थापाज्यू, मुद्धा लडिदिनुहोला ।
५.निजी क्षेत्र, निजी लगानी तथा निजी स्वामित्वको कलेज जस्को शेयर प्रमाणपत्र हामी सातै जना सञ्चालकहरुसंग छ । जुन पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २० अनुसार सम्वन्धनमा चलेको छ । उक्त विश्वविद्यालयले निजी क्षेत्र वाहेक सामाजिक क्षेत्रको वा सामाजिक कलेजलाई सम्वन्धन दिन सक्दैन ।
निजी क्षेत्रबाट सञ्चालन गर्ने सम्वन्धन लिएको तथा स्थापना भएको कलेजलाई समाजिक कलेजमा रुपान्तरण गर्न उक्त कलेजको साधारण सभाको निर्णय, सञ्चालक समितिकोे निर्णय एवं पोखरा विश्वविद्यालयको ऐन वा कानुनमा व्यवस्था भएमा पूर्व स्वीकृती तथा अनुमति पत्र, सञ्चालकहरुको मञ्जुरी तथा हस्ताक्षरको कानुनी सनाखत विना नै उक्त कलेजलाई सामाजिक भन्ने अधिकार वरिष्ठ अधिवक्ता शम्भु थापालाई कहाँवाट प्राप्त भयो? वहाँलाई विशेष मानवको उपाधी छ ? त्यस्तो कानुन छ रु कतै वाट जवाफ पाउ । मेरो जिन्दगीसंग खेलवाड गरी कति आगो लगाई दिनुहुन्छ ?
६. नेपाल ईन्जिनियरिङ्ग कलेज २०५१ सालदेखि सञ्चालित निजी कलेजको नाम जुध्नेगरि ७ जनामध्ये २ जनाले जालसाझी गरि अन्य संस्थापकको मञ्जुरी विनानै गैरकानुनी रुपमा त्यहि नामको सामाजिक संस्था २०६० सालमा दर्ता गरेर ल्याएको भए किन यसले नियमानुसार नविकरण छैन ।
कलेजको लेखा परिक्षण किन छैन । यदि नाम जुधाउदा नाम जुधेको सामाजिक संस्थाको नामले ५ जनाको सम्पत्ती स्वतः सकिने हुने ऐन तथा कानुनी व्यवस्था छ ? नियमनकारी निकाय पोखरा विश्वविद्यालयलाई निजीलाई दिएको सम्वन्धन सामाजिक कलेजको रुपमा परिवर्तन गर्ने अधिकार छ ?
निजी स्वामित्व सामाजिक गर्ने अधिकार सम्पुर्ण लगानी कर्तालाई मात्र छ । आफनो सम्पत्ती जे गरे पनि अर्काले चलाउन सक्दैन । त्यस मा पनि पोखरा विश्वविद्यालयले वारम्वार हामीले निजी कलेजलाई मान्यता दिएको हो र कलेज आज सम्म निजीरुपमानै सञ्चालनमा रहेको छ भनि पत्र पठाई रहेको छ ।
दिपक भट्टराई-पुत्र सलिल भट्टराई) र हरि पाण्डेको मात्र कलेज होइन । उनीहरुले भनेको कुरा राज्यको कानुन वा सम्मानित अदालतले स्वीकृत गर्नुपर्ने ? के यो ऐनमा व्यवस्था छ ? नाम जुधाएको भरमा सम्पत्तिको स्वामित्व परिवर्तन हुन्छ ?
स्वतः परिवर्तन हुन्छ निजहरु तथा निजका वकिलहरुको गुण्डागर्दीले वा राजनीतिको आवरणमा दलाल गर्ने स्वधोषित नेताहरुको कारण यस्तो अन्यायपनि सहनु पर्ने ? स्मरण रहोस सामाजिक संस्था दर्ता गरिदिने अधिकारी सिडियो ले नेपाल ईन्जिनियरिङ्ग कलेज सामाजिक कलेजको रुपमा दर्ता भएको हामी संग केहि प्रमाण छैन भनी वारम्वार सर्वोच्च अदालतमा पत्र पठाईरहेका छन ।
७. विपक्षीलाई पेश गरेका पोखरा विश्वविद्यालयको म्भबल वुद्धिराज जोशीले जाँड खाएको भरमा दिएको किर्ते पत्र, जहाँ सरकारी ऋजबष्च को दुरुपयोग भएको छ ।
-विश्वविद्यालयमा डीन भनेको शैक्षिक पद हो जस्ले कलेजको शैक्षिक गतिविधिको वारेमा हेर्ने हो, गुणस्तर, परिक्षाप्रणाली आदी हेर्ने हो । कलेजको स्वामित्व का वारेमा विश्वविद्यालयको ऐन, नियममा रहि कार्यकारी परिषदले मात्रै निर्णय लिन सक्छ ।)
त्यस्तै नेपाल राष्ट्र वैंकका म्भउगतथ न्यखचभलभच चिन्तामणि सिवाकोटीले नेपाल ईन्जिनियरिङ्ग कलेजको ल्ष्अ ब्कष्ब वैंकमा रहेको रोक्का खाताको रकमलाई नेपाल सरकार मन्त्रिपरिषदको निर्णय भनि फर्जि कागज तयार पारि वैंकवाट करिव ५ करोड निकाल्न दिएको पत्रले २०६० सालमा सामाजिक सस्था दर्ता भएको भन्ने व्यक्तिहरुलाई २०५९ सालमा नै सामाजिक कलेज भनी लेखेर पदीय दायित्व विर्सेर दिएका किर्ते पत्रहरु जाड ख्वाएर घुस दिएर लिएका नक्कली काजगजहरु प्रमाण लाग्छन रु यहा सरकारी कागजात किर्ते गरेकोमा सरकारवाट छानविन गरि कारवाही गरियोस ?
८. संघीय संसदमा महेश वस्तेतले सांसदको मान्यता तथा मुल्य एवं प्रतिष्ठालाई सोझै चपाएर नेपाल सरकारको अरवौ रुपैयाको लगानीमा संञ्चालित नेपाल ईन्जिनियरिङ्ग कलेजलाई लम्वोधर न्यौपानेले खायो भनि कपोलकल्पित कथा तथा झुटा भाषण दिने सांसदलाई कारवाहि हुन्छ कि हुँदैन । हुँदैन भने संसद भने झुटाकुराको वखान गर्ने ठाँउको रुपमा स्थापना गरिएको हो रु सरकारको रु १। मात्र लगानी भएको छ भने पेश गरौ ।
त्यस्तै संसदको शिक्षा समितिमा योगेश भट्टराईले झुटा प्रतिवेदन वनाई कलेज हडप्न गरिएको महा प्रपञ्च तथा अपराधको लागि कानुन लाग्दैन ? संसदमा झुटै झुट भाषण तथा पत्र तयार हुन्छन भने अन्य ठाँउमा भएकालाई के भन्ने ? शरम लाग्ने कुरा होईन र ?
९.निजी संम्पत्ती स्वेच्छाले दान हुन्छ कि घरमा गुण्डा पठाएर, जेल हालेर नक्कली मुद्धा लगाएर, निर्णयकर्ता र सरकारी वकिललाई खरीद गरेर ?
१०. नेपाल ईन्जिनियरिङ्ग कलेजलाई सामाजिक कलेज भन्नेले नै नेपाल ईन्जिनियरिङ्ग कलेजको घर जग्गा घुस मुद्धाको लागि रामाज्ञा चर्तुवेदीको लागि धरौटी दिई हालसम्म सर्वोच्च अदालतमा रोक्का छ । सामाजिक संम्पत्ती निजी व्यक्तिको लागी अदालतले धरौटी लिन मिल्छ ? दिन मिल्छ ?
त्यस्तै सामाजिक सम्पत्ती भनि आफै मेरा विरुद्ध उजुरी गर्ने हरि पाण्डेले उनलाई लागेको सम्पत्ति शुद्धिकरणको मुद्धामा कलेजको वैंक खाताबाट रु २,६०,०००००। -दुई करोड साठी लाख) धरौटी राख्न मिल्छ रु त्यति मात्र नभई कलेजको शेयर खरिद विक्रि समेत भई रहेको छ साथै सञ्चालक मध्येका दिपक भट्टराईको नाममा रहेको शेयर निजका छोरा शलिल भट्टराईका नाउमा नामसारी भएको छ । यी सवै सामाजिक कलेजमा हुन सक्छ ? वेदना कहाँ पोख्न कहाँ जाने, न्याय कहाँवाट पाउने, अदालतमा ७० पटक पेशी सरेको छ
११. नाफा लिन सकिन्छ कि भनी लगानी गरेको निजी संस्थाबाट पाएको -वोनस) लाई लगानीकर्ताको लगानी फिर्ता भैसकेको छ भन्न मिल्छ ? त्यसै हो भने सम्पुर्ण निजी उद्यमीले सञ्चालन गरेको उद्योगहरुको लगानी फिर्ता भैसकेको भएमा त्यो सवै सामाजिक वन्न पर्छ कि पर्दैन ?
न्याय मरेको छैन भने न्याय पाँउ, ज्यूदै मारिएका ५ जनाको यो मर्मरता सुनियोस ।
अपराधीले मारे पान न्यायवाट वचाई पाउः ।
नेपाल ईन्जिनियरिङ्ग कलेजका सस्थापकहरु ७ मध्ये ५ जनावाट गरिएको सार्वजनिक अपिल