काठमाडौं, बैशाख ।
अमेरिकाले कार्गो डुङ्गाहरूमाथि गरेको आक्रमणमा परी पाँचजना सर्वसाधारणको मृत्यु भएको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानी डुङ्गामाथि आक्रमणमा परी पाँचजनाले ज्यान गुमाएका हुन्।
अमेरिकी सेनाले छवटा इरानी डुङ्गाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । यसले इरानको कुनै पनि लडाकू जहाजहरू आक्रमणबाट प्रभावित नभएको जनाएको छ।
ओमानको तटमा खसाबबाट इरानतर्फ जाँदै गरेका दुईवटा कार्गो डुङ्गाहरूमा अमेरिकी सेनाले आक्रमण गर्दा डुङ्गामा सवार पाँचजना सर्वसाधारण नागरिक यात्रुहरूको मृत्यु भएको जनाइएको छ ।
अमेरिकी कमाण्डका प्रमुख ब्राड कुपरले भने अमेरिकी सेनाले छ वटा इरानी डुङ्गाहरूमा स्ट्रेट अफ होर्मुजमा डुबाएको दावी गरेको छ। अमेरिकी हेलिकोप्टरहरूबाट इरानी डुङ्गाहरूमाथि आक्रमण भएको बताइएको छ। स्राेत : विभिन्न