२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वासिङटनम गोलीकाण्ड

राष्ट्रपति ट्रम्पप्रति सद्भाव :' विश्वका नेताले दिए यस्तो प्रतिक्रिया '

आइतवार , बैशाख १३, २०८३

 

वासिङ्टन, वैशाख ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा शनिबार राति वासिङ्टनमा एक बन्दुकधारीले आक्रमण गरेपछि विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

अमेरिकी कानुन प्रवर्तन निकायले शटगन, ह्यान्डगन र धेरै चक्कुसहित एक मात्र संदिग्धलाई हिरासतमा लिइएको बताएको छ । संदिग्धले सोमबार सङ्घीय अदालतमा अभियोगको सामना गर्नुपर्ने छ ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले भने, ' वासिङटनमा ह्वाइट हाउसको संवाददाताको रात्रिभोजमा भएको दृश्यले स्तब्ध बनायो ।

प्रजातान्त्रिक संस्था वा प्रेस स्वतन्त्रतामाथिको कुनै पनि आक्रमणको कडा शब्दमा निन्दा गरिनु पर्छ,' स्टार्मरले आइतबार सामाजिक सञ्जाल एक्समा लेखेका छन ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले उक्त घटना अस्वीकार्य भएको बताएका छन । लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन, उनले एक्समा उल्लेख गर्नुभएको छ, ' यस घटनामा मेरो राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूर्ण सहानुभूति रहने छ ।

इजरायली प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी साराको हत्याको प्रयासले आफूलाई स्तब्ध बनाएको बताएका छन । हामी अमेरिकी राष्ट्रपति र प्रथम महिला सुरक्षित र स्वस्थ रहनुभएकोमा राहतको महशुस गरेका छौँ, नेतान्याहूले एक्समा जारी पोस्टमा उल्लेख गरेका छन ।

हामी घाइते प्रहरी अधिकारीलाई पूर्ण र छिटो स्वास्थ्य लाभको कामना गर्दछौँ र अमेरिकी गुप्तचर सेवालाई उनीहरूको द्रुत र निर्णायक कार्यका लागि सलाम गर्दछौँ ।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्प, प्रथम महिला र उपराष्ट्रपति सकुशल रहेको थाहा पाउँदा आफूलाई राहत महसुस भएको बताएका छन । म उनीहरूको निरन्तर सुरक्षा र कल्याणको लागि शुभकामना दिन्छु ।

लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन र यसको स्पष्टरूपमा निन्दा गर्नुपर्छ, मोदीले एक्समा लेखेका छन । क्यानडाका प्रधानमन्त्रीले राष्ट्रपति, प्रथम महिला र सबै अतिथि सकुशल रहेको पाउँदा आफूलाई राहत मिलेको बताएका छन ।

कुनै पनि लोकतन्त्रमा राजनीतिक हिंसाको कुनै स्थान छैन र मेरो सद्रभाव यस घटनाबाट विचलित भएका ती सबै जनासँग छ, कार्नीले एक्समा लेखेका छन ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनवामले एक्समा लेखेका छन, हालैका घटनापछि राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी सुरक्षित हुनु राम्रो हो । हामी उहाँहरूप्रति सम्मान व्यक्त गर्दछौँ । हिंसा कहिल्यै पनि विरोधको विकल्प हुनु हुँदैन,' शेनबामले थपेका छन ।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले राष्ट्रपति ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्दै भनेका छन, हिंसा कहिल्यै पनि समाधान होइन । मानवता केवल लोकतन्त्र, सह-अस्तित्व र शान्तिको माध्यमबाट अगाडि बढ्ने छ ।

हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले राजनीतिमा हिंसाका लागि कुनै ठाउँ नभएको बताएका छन । युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कलासले लोकतन्त्रमा राजनीतिक हिंसाको कुनै स्थान नभएको बताएका छन ।

कलासले भने, त्यहाँ कुनै हताहत नभएकोमा आफूले यसबाट राहत महसुस गरेको बताएका छन । उनले थपे, स्वतन्त्र प्रेसको सम्मान गर्ने कार्यक्रम कहिल्यै भयको दृश्य बन्नु हुँदैन ।

पाकिस्तानी प्रधानमन्त्रीले लेखेका छन, ' यो घटनाले मलाई स्तब्ध पारेको छ । ' राष्ट्रपति ट्रम्प, प्रथम महिला र अन्य सहभागी सुरक्षित छन् भन्ने थाहा पाउँदा राहत महसुस भएको छ ।

मेरो सद्भाव र प्रार्थना उहाँसँग रहने छ, र म उहाँको निरन्तर सुरक्षा र कल्याणको कामना गर्दछु,' शरीफले एक्समा लेखेका छन । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार