नेपाल इन्जिनियरिङ्ग कलेजका अध्यक्ष लम्वोधर न्यौपानेले नेकपा एमालेका योगेश भट्टराई र महेश बस्नेतले सामािजक संस्थाको मूल्य मान्यता बिपरित नक्कली सामाजिक संस्था र कानुन बिपरित कलेज कब्जा गरेको बताएका छन ।
नेकपा एमाले पार्टीको नै मिलेमतोमा त्रिभुवान बिश्व बिधालय र पोखरा विश्व बिधालयको बिधान बिपरित गैरकानुनी ढंगबाट कलेज कब्जा गरेको बताएका छन ।
अध्यक्ष न्यौपानेलाई महेश बस्नेत, योगेश भट्टराइर्, वकिल शम्भू थापालगायतको मिलेमतोमा नक्कली कागजात बनाएर मुद्धा हाली सम्पति कब्जा गरेर भिखारी बनाईदिएको पीडा पोखेका छन ।
सपरिवार अष्टेलियामा बसोबास गर्ने न्यौपानलाई कलेज घाटामा गएर चलाई दिन आग्रह गर्दै सञ्चालकहरुले नेपाल बोलाएको बताउँदै छोटो अवधिमा नै फाईदामा ल्याएपछि सातमध्ये २ जना एमाले समर्थित सञ्चालकसँगको मिलेमतोमा अनाबश्यक बिबाद उत्पन्न गराई जबर्जस्ती कलेज कब्जा गरेको पीडा पोखेका छन ।
उनले ठूला मिडियासँगको मिलेमतोमा भ्रामक समाचार प्रकाशन गराई सिध्याईदिएको पीडा पोखे । गैरकानुनी तरिकाले कलेजा कब्जा गर्दा अदातले पनि न्याय दिनेतर्फ ध्यान नदिएको उनले पोखेका छन ।
अष्टेलिया पुगेका नेपालका बैज्ञानिक डा. कपिल पौडेलले अध्यक्ष न्यौपानेमाथि भएको अन्याय र वकिल थापाले अदालतसँग मिलेमतो गरेर मुद्धा छिन्न नदिएको कुराबारे नेपालमा रहेका निज न्यौपानेसँगको कुराकानीमा पीडा पोख्दै यस्तो बताएका हुन ।