पेरिस, बैशाख ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले लेबनानमा लागू गरिएको १० दिने युद्धविरामलाई आफ्नो ' पूर्ण समर्थन' रहेको बताएका छन । यद्यपि, उनले यस विषयमा केही सावधानी अपनाउनु पर्नेमा भने जोड दिएका छन् ।
राष्ट्रपति म्याक्रोनले एक सोशल मिडिया पोस्टमार्फत आफ्नो धारणा राख्दै भने, ' सैन्य अभियानहरू जारी रहँदा यो युद्धविराम पहिले नै कमजोर हुनसक्ने कुरामा म चिन्ता व्यक्त गर्दछु।'
' म लेबनान र इजरायलको सीमाको दुवैतर्फ बसोबास गर्ने सर्वसाधारणको सुरक्षाको अपील गर्दछु। हिजबुल्लाहले आफ्ना हतियार त्याग्नुपर्छ। साथै, इजरायलले लेबनानको सार्वभौमसत्ताको सम्मान गर्दै युद्ध रोक्नुपर्छ।'
आज शुक्रबार पेरिसमा बेलायती प्रधानमन्त्री कियर स्टार्मर र राष्ट्रपति म्याक्रोनले करिब ४० देशहरूको एक भर्चुअल बैठकको अध्यक्षता गर्दै छन्।
यस बैठकको मुख्य उद्देश्य होर्मुज स्ट्रेट बाट जहाजहरूको सुरक्षित आवत जावत पुनः सुरु गर्न एक बहुपक्षीय मिसन स्थापना गर्नुरहेको छ।