काठमाडौं, बैशाख ।
आईसीसी विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा भएको छ। रोहित कुमार पौडेलको कप्तानीमा नेपालले लिग २ को शृङ्खला खेल्ने टोली घोषणा गरेको हो।
एकदिवसीय फर्म्याटमा पछिल्लो समय राम्रो क्षमता देखाइरहेका युवा खेलाडी अर्जुन कुमाल पहिलो पटक सिनियर टोलीमा परेका हुन्। अनुभवी खेलाडी विनोद भण्डारी र भीम सार्की टिममा फर्किएका छन्।
उनले नेपालको लागि उमेर समूहमा खेलिसकेका छन्। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विनोद भण्डारी र अर्जुन कुमाल दुवै खेलाडीले दुईवटा शतकीय पारी खेलेका थिए।
सोही आधारमा यी दुई टोली राष्ट्रिय टिमको अन्तिम १५ भित्र अटाएका हुन्।
लिग दुई खेल्ने नेपालको टोली:
रोहित पौडेल (कप्तान ), दीपेन्द्र सिंह ऐरी ( उपकप्तान ) कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, वसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी
वैकल्पिक खेलाडीहरू :
हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाल।