२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिका - इरान युद्ध

दोस्रो चरणको वार्ता : ' सम्भावनाबारे के भन्छन् इरानका राष्ट्रपति '

बुधवार , बैशाख २, २०८३

 

इरान, बैशाख ।

अमेरिका र इरानबीच पाकिस्तानमा भएको २१ घण्टा लामो वार्ता असफल भएको छ । अमेरिका - इरानबीचको वार्ता असफल भएपछि दोस्रो वार्ता होला कि नहोला भन्नेबारेमा अहिले विश्वभर चासो बढेको छ ।

यसैबीच इरानका राष्ट्रपति मसुद पेजेश्कियानले सम्भावित दोस्रो वार्ताबारे मुख खोलेका छन् । इरानी राष्ट्रपति पेजेश्कियानले अमेरिका र इजरायलले इरानलाई झुकाउन गर्ने प्रयासहरू असफल हुने टिप्पणी गरेका छन् ।

बुधबार तेहरानमा आपतकालीन सेवाका अधिकारीहरूसँगको बैठकमा उनले भने, इरानी जनताले कहिल्यै पनि अमेरिका र इजरायलको यस्तो तरिका स्वीकार गर्ने छैनन् ।

इरानले सधैं विभिन्न देशहरूसँग राम्रो सम्बन्धको आवश्यकतामा जोड दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको वार्ताको सम्भावनाबारे अभिव्यक्ति दिइरहेका बेला इरानी राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो ।

हालसम्म इरानका अधिकारी वा नेताहरूले यस विषयमा प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार