२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल इन्जिनियरिङ्ग कलेज कब्जा प्रकरण

पीडित सञ्चालकले भने : ' ७० पटक पेशी चढ्यो, निर्णय दिएन अदालतले '

एमालेका योगेश र बस्नेतले गुण्डा लगाए : नक्कली कागजात बनाएर फँसाए

शनिवार , चैत्र २१, २०८२

 

काठमाडौँ, चैत ।

नेपाल इन्जिनियरिङ्ग कलेजका अध्यक्ष लम्वोधर न्यौपानेले नेकपा एमालेका योगेश भट्टराई र महेश बस्नेतले कलेज संस्थापकहरुलाई गुण्डा लगाएर हटाई नक्कली कागजात बनाएर आफूलाई जेल हालेको बताएका छन ।

अर्बाैको आफ्नो पुस्तौनी सम्पति रहेका अध्यक्ष न्यौपानेलाई वकिल शम्भू थापालगायतको मिलेमतोमा नक्कली कागजात बनाएर मुद्धा हाली सम्पति कब्जा गरेर भिखारी बनाईदिएको पीडा पोखेका छन ।

सपरिवार अष्टेलियामा बसोबास गर्ने न्यौपानलाई कलेज घाटामा गएर चलाई दिन आग्रह गर्दै नेपाल बोलाएको बताउँदै छोटो अवधिका फाईदामा ल्याएपछि सातमध्ये २ जना सञ्चालकसँग मिलेर कलेज लगायत आफ्नो अन्य सम्पतिसमेत जबरजस्ती गरेर सिध्याईदिएको पीडा पोख्दै अदातले पनि ७० पटकसम्म पेशी चढेको मुद्धा नछिनेर अन्याय गरेकोसमेत बताएका छन ।

अष्टेलिया पुगेका नेपालका बैज्ञानिक डा. कपिल पौडेलले अध्यक्ष न्याैपानेमाथि भएको अन्याय र वकिल थापाले अदालतसँग मिलेमतो गरेर मुद्धा छिन्न नदिएको कुराबारे नेपालमा रहेका निज न्याैपानेसँगकाे कुराकानीमा  पीडा पोख्दै  यस्ताे बताएका छन ।

पीडित न्यौपानेले भनेका छन, मैले गल्ती गरे भोग्न तयार छु, मुद्धा छिनिदिनोसभन्दा नि हुन नदिएको बताएका छन । उनले डा. पौडेलसँगको कुराकानीमा हामी कलेजमा लगानी गरेकालाई झुटा मुद्धा लगाईदिएर मुदा हाली सम्पति रोक्का गरेर उपचार पनि नपाएर एकजना सञ्चालक मरेको तीतोसमेत पोखेका छन ।

कुराकानी गर्दैउनले कलेजको रकमको विल भर्पाइ लुकाए, गलत तथ्य बनाई संस्थापकलाई फँसाईदिएको, कलेज कव्जा गरी सबै आम्दानी हिनामिना गरिदिएको बताएका छन ।

केहि चुल्ठे मुन्द्रेहरु मिलेर कलेज कव्जा गरी अनावश्यक मुद्दा मामिलामा फासाउने र टोले गुण्डाहरु प्रयोग गरी संचालकलाइ कलेजमा प्रवेशसम्म पनि गर्न नदिने गर्दै लामो समय देखि कलेजमा हिनामिना गर्दै आएको खुल्न आएको हो ।

 

हेरौ अध्यक्ष न्योपानेले पोखेका पीडाकाे भिडियो :

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार