काठमाडौं, चैत ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको हो। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ।
परीक्षा तालिका अनुसार चैत २९ गते परीक्षा सकिने छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । त्यसैगरी परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १६ हजार ३१२ र आंशिकमा २६४ गरी १६ हजार ५७६ जना परीक्षार्थी रहेका छन ।
यो वर्ष नयाँ अभ्यासको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार १ महिनामै परीक्षाफल सार्वजनिक हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।