२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

शुक्रबार साँझदेखि अविरल वर्षा : ' बाढीले बीपी राजमार्ग अवरुद्ध '

शनिवार , चैत्र ७, २०८२

 

सिन्धुली , चैत । शुक्रबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण बनेपा - सिन्धुली - बर्दिवास -बीपी) राजमार्ग अवरुद्ध भएको छ।

प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् एसपी लालध्वज सुवेदीका अनुसार वर्षासँगै रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्गको नेपालथोक- भकुण्डेबेसी सडक खण्ड अवरुद्ध भएको हो।

बिहान साँढे तीन बजेदेखि नेपालथोक - भकुण्डेबेसी खण्ड अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ कालढुंगा र दाउन्नेमा रोशीमा आएको बाढीले क्षति पुर्याएको छ।

रोशी खोलाको पानीको बहाव बढी सडकमा समेत क्षति पुगेपछि बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ हिडेका सवारीलाई सिन्धुलीमाढी, दुम्जा र नेपालथोकमा होल्ड गरिएको प्रहरीले जनाएको छ।

यस्तै काठमाण्डौबाट पूर्व तर्फ आउँदै गरेका सवारीलाई भकुण्डेबसीमै रोखिएको छ।

सिन्धुलीको दुम्जा प्रहरी चौकीमा २५- ३० वटा सवारी र सिन्धुली चेकपोष्टमा १२- १३ वटा सवारी साधन होल्डमा राखिएको प्रहरी प्रमुख सुवेदीको भनाई छ।अवरुद्ध राजमार्ग खुलाउन आवश्यक पहल थालिएपनि सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ। - अन्नपूर्णबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार