२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

देशभरको मौसम आज : ' हावाहुरी र असिनासहित वर्षा हुने '

शनिवार , चैत्र ७, २०८२

 

काठमाडौं, चैत । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा, हावाहुरी र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

केही स्थानमा असिना र चर्को हावाहुरी चल्ने सम्भावना छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ।राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ भने पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

चट्याङ, असिना र हावाहुरीले जनजीवन, कृषि र यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। विशेषगरी तराई क्षेत्रमा हावाहुरीको जोखिम बढी हुने भएकाले सुरक्षित स्थानमा रहन भनिएको छ।<

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार