२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हिमाली भेगमा हिमपात : '  चिसो बढ्यो,  जनजीवन प्रभावित'

शुक्रवार , चैत्र ६, २०८२

 

कालीकोट, चैत । कालीकोटको पहाडी क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढेको छ । डाँडामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । जिल्लाको विभिन्न डाँडाकाँडा तथा लेकाली बस्तीहरू सेताम्य बनेका छन् भने चिसो बढेको छ ।

स्थानीय हिमाल केसीका अनुसार लगातार परेको हिमपातका कारण लेकाली क्षेत्र लाता जाखुणा लगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातले पशु बस्तुको गोठ खर्कमा आवत–जावतमा कठिनाइ भएको छ ।

गाईबस्तु, भेडा बार्खाको बासस्थान हिउँले ढाकिँदा पशु चौपाया प्रभाबित भएका छन् । चिसोले गोठालो मारमा परेका छन् । कतिपय स्थानमा हिउँसँगै पानी असिना परेको छ ।

रास्कोट २ का जंगवहादुर खड्काले ठाँडामेला चणिपानी क्षेत्रमा हिमपात हुँदा चिसो भएको भेडा चरणमा समस्या भएको बताए ।

लेकाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेकाले बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू समस्यामा परेको स्थानीयको भनाइ छ ।यसैबिच, हिमपातले एकातिर जनजीवन कष्टकर बनाए पनि अर्कोतर्फ प्राकृतिक सौन्दर्य बढेको छ ।  - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार