क्यानाडा बिश्वको सम्पन्न देशको रुपमा चिनिन्छ । र, अहिले बिश्ववब्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसले सबैलाईं नराम्ररी गाँजेको छ । सर्वसाधारण यसको पीडाले पिरोलीरहेको बेला यस देशले आफ्ना जनताका लागि कसरी सेवा दिइरहेको छ त ?
नेपालबाट क्यानाडाको भ्यांकुभरमा विगत ६ वर्षदेखि बसोबास गर्दै आउनुभएका राजेन्द्र कार्की क्यानाडाले दिदै आएको सेवा र यसको अवस्थाबारे आम नेपाली माँझ आफ्नो अनुभव आदान प्रदान गरी कोरोनाबाट बच्न सल्लाह दिनुहुन्छ ।
क्यानाडामा कर विशेषज्ञको रुपमा कार्यरत कार्कीसग डेमोखबर प्रतिनिधिले गरेको गरेको कुराकानी । श्री कार्कीले हरेक वर्ष अन्य देशबाट क्यानाडा आइ बसोबास गर्नेलाई कर परामर्शको सेवा प्रदान गर्ने गर्नुहुन्छ । श्री कार्कीसँग कोभिड–१९ को सन्दर्भमा क्यानाडामा भैरहेको उपचार पद्धति र आर्थिक राहत प्याकेजबारे गरिएको कुराकानी :
क्यानाडामा कोरोना भाइरसको अवस्था कस्तो छ ?
कोरोना भाइरसले दुनियांलाई जसरी सताई रहेकोे छ, त्यसरी नै क्यानाडा पनि प्रभावित छ । क्यानाडाको १० प्रोभिन्स र २ टेरिटोरिमा कोराना भाइरसका संक्रमित देखिएका छन् । नुनाभुट भन्ने एउटा सानो टेरिटोरीमा चांहि अहिलेसम्म देखिएको छैन् । क्यानाडामको सबैभन्दा बढी संक्रमित देखिएको प्रोभिन्स क्यूवेक हो । क्यानाडामा कूल संक्रमितमध्ये क्यूवेकमा मात्र ५० प्रतिशतभन्दा बढी छ ।
क्यूवेक चांहि फ्रेन्च मूलका मान्छेको बाहुल्य भएको ठाउँ हो । त्यसपछि ओन्टारियामा धेरै संक्रमितहरु देखिएका छन् । म बसेको ब्रिटिश कोलम्वियामा शुरुमा सवैभन्दा प्रभावित प्रोभिन्स हो । तर हाल आएर यो प्रोभिन्सले क्यानाडा भरिमा सबैभन्दा राम्रो गरिरहेको छ । सुधार भएको छ
उपचार तथा सेवाको अवस्ता कस्तो छ ?
यो प्रोभिन्समा रिकभर हुनेको संख्या पनि राम्रो देखिएको छ । मैले केही डाक्टर र नर्ससँग कुरा गर्दा अहिले बिटिश कोलम्वियाका अस्पतालमा आउने विरामीको संख्या पनि घटको छ । यो प्रोभिन्सका राम्रा अनुभवहरुलाई अरु प्रोभिन्सले पनि सिकेर लागू गरिरहका छन । स्वास्थ्य अधिकारीहरुले बेला बेला बताउने गरेका छन् ।
क्यानाडामा मृत्यु हुने धेरैजसो बृद्ध्हरु नै छन् । यहाँं बुढाबुढीको रेखदेख गर्ने ‘कियर होम‘ सेन्टरमा बस्ने बृद्ध मानिसहरुको मृत्य बढी मात्रामा भैरहेको छ । समग्रमा हेर्दा क्यानाडाको स्थिति भयावहको अवस्थामा छैन र अझ नियन्त्रित नै छ ।
क्यानाडा सरकारले संक्रमितहरुको उपचारको कस्तो व्यवस्था गरेको छ ?
मार्च १५ पछि हरेक दिन विहान प्रधँनमन्त्री जस्टिन टुडोले सम्वोधन गरेर जनतालाई आश्वस्त तुल्याउने गरेका छन् । यो महामारीबाट हामी सबै बचौं र अरुलाई पनि बचाऔ भन्दै जनतालाई प्रधानमन्त्रीले हरेक दिन अपिल गर्ने गरेका छन् । उनले तपाईहरुको अभिभावक सरकार छ भन्दै नअतालिन र सकेसम्म घरमै बस्नुको लागि हरेक अपिल गर्ने गरेका छन् ।
यहाँ सोसल डिस्कंसिंलाई खुवै जोड दिएको छ । प्रधानमन्त्रीको सम्वोधनपछि स्वास्थ्य मन्त्री र स्वास्थ्य अधिकारीलाई सम्वोधन गर्दै सरकारले अपनाएका नीति, रणनीतिहरु बताउने गरेका छन् । उनीहरुले व्यक्तिले पालना गर्नुपर्ने नियम र अप्नाउनपर्ने सुरक्षाका उपायहरु समेत बताउने गरेका छन् । हरेक दिन संघीय र प्रान्तीय सरकारका मुख्य अधिकारी र स्वास्थ्य अधिकारीले राम्रोसँग जनतालाई आश्वस्त तुल्याएका छन्, जुन क्यानाडाको सबैभन्दा सकरात्मक पक्ष हो ।
क्यानाडाको उपचार पद्धति कस्तो अपनाइएको छ त ?
जहाँंसम्म यहाँले उपचार पद्धतिबारे सोध्नुभयो । यस सम्वन्धमा संघीय सरकार र प्रान्तीय सरकारले आफ्नो आधिकारीक बेभसाईटमा कोभिड–१९ सिम्टम सेल्फ असेस्समेन्ट टुल राखिदिएका छन् । आफू ज्वरो आयो, रुघा खोकी लाग्यो वा घाटी दुख्यो भने त्यो टुलमा गएर एक गर्दै तहगत र चरणगत रुपमा ९क्तभउ दथ क्तभउ० आफ्नो मूल्यांकन आफै गर्ने हो ।
त्यो टुलमा आफ्ना लक्षणहरु राख्दै गएपछि के, गर्ने कहाँ फोन गर्ने, कसलाई सम्पर्क गर्ने त्यसले बताई दिन्छ । कोरोना भएको लक्षणको परिणामा देखायो भने तोकिएको टेलिफोन नम्बरमा फोन गरेर तोकिएको असेस्समेन्ट सेन्टरमा जांच गराउन जाने पद्दति विकास गरेको छ । लक्षण देखापरेमा घरमै आईसोलेसनमा बस्ने हो । अलि अबस्था नाजुक देखियो भने चांहि अस्पतालले भर्ना गरेर उपचार गर्ने गरको डाक्टर नर्सहरुले बताउने गरेका छन् । घरमै बसेर आराम गरिरहेका यस्ता लक्षण देखिएका केही मान्छेहरु आराम गर्ने र आईसोलेसनमा बस्ने काम गरिरहेका छन् । अलि गाह्रो महसुस भएमा अस्पताल आउन भनिएको छ ।
यहाँको जनजीवन कस्तो छ ?
यहाँको अहिले जनजीवन एक किसिमले ठप्प नै जस्तो छ । पुरै लक्डाउन चाहि छैन । अति जरुरी कामबाहेक घरबाट निस्केर नहिड्न हरेका दिन अपिल गरिएको छ । प्रधानमन्त्री खुदले खाद्यान्न जस्ता दैनिकका लागि चाहिने सामान पनि सकेसम्म हप्तामा एक दिन जान अपिल गर्ने गरेका छन् । संभव भएसम्म कम भन्दा कम घरबाट निस्कन अनुरोध गरिएको छ । तर पनि मान्छेहरु एक अर्काको नजिक जान डराई रहेका छन् । प्राय मान्छेहरु मास्क र हातमा पन्जा लगाएर हिडेका हुन्छन् । शहरहरु लगभग शुन्य जस्तै छन् ।
क्यानाडमा राहतको अवस्था कस्तो छ र वितरण कसरी गर्ने गरिएको छ नि?
क्यानाडामा त्यस्तो राहत विवरण भन्ने चांहि हुंदैन । मुख्य कुरो यहाँ धेरै पहिलेदेखि प्राणाली विकास भएकोले त्यो प्रणालीलाई उपयोग गर्ने गरिन्छ । हरेक कामदारको ज्याला वा तलवबाट इम्प्याइलमेन्ट इन्सुरेस कट्टा गर्ने गरिन्छ । जब कामको अभाव बा विरामी परेको अवस्थामा कामदारले खाईपाई आएको तलव वा ज्यालाको ५५ प्रतिशतदेखि ८० प्रतिशतसम्म त्यही कट्टा गरिएको इम्प्याल्इमेन्ट इन्सुरेसबाट व्यहोर्ने गरिन्छ ।
त्यसका लागि केही शर्तहरु तोकिएका हुन्छन् । जस्तो, कामदारले आफू खुसी काम छाड्न नहुने र न्यूनतम ६०० घण्टा काम गरेको हुनुपर्ने जस्ता आधारभूत शतहरु हुन्छन् । यो रोजागारीमा काम गर्ने र स्वरोजगारीमा काम गर्ने दुबैले यो सुविधा पाउछन् । यो सुविधा सबैले नपाउन पनि सक्छन् । त्यसैले अहिले क्यानाडा सरकारले क्यानाडा इमर्जेन्सी रेस्पोन्स बेटेफिन प्याकेज घोषणा गरेको छ ।
त्यसमा यो इम्प्यमेन्ट इन्सुरेसबाट लाभान्वित हुनेलाई यो सुविधा र यसबाट लाभान्वित नहुनेलाई क्यानाडा इमर्जेन्सी रेस्पोन्स बेटेफिन प्याकेजबाट महिनाको २ हजार डलर आगामी चार महिनासम्म दिने सरकारले घोषणा गरेको छ । हालसम्म यो सुविधा लगभग ५५ लाख मान्छे लिईसकेका छन् । त्यस्तै इम्प्यमेन्ट इन्सुरेस सुविधा उपभोग गर्नेले लगभग १ हजार ५ सयदेखि २ हजारको हाराहारीमा मासिक सुविधा पाउछन् । सरकारले दिने कुनै पनि सुविधा र प्याकेजको लागि यहां कहि कतै लाईन लाग्न जानुपर्दैन । अनलाईन वा फानबाट निवेदन दिन हो । आफै गर्न सक्नेहरु आफै गर्छन् र नसक्नेहरु हामी जस्ता कर तथा सहायता परामर्श सेवा दिन व्यक्ति वा फर्ममा आउंछन् र हामी सहयोग गर्छौ ।
यसरी निवेदन दिएपछि व्यक्तिले पाउने पैसा थपक्क बैंक खातामा तोकिएको दिनमा आउँछ । बैंक खाता सरकारको सुविधा भुक्तानी गर्ने विभाग वा निकायलाई दिएको छैन भने चेक व्यक्ति घर ठेगानामा आईपुग्छ । म यही क्षेत्रमा कर विशेषज्ञको रुपमा काम गरेको लामो अनुभवको आधारमा भन्नु पर्दा क्यानाडा सरकारले व्यक्ति र कम्पनीको कर प्रणाली र कुनै पनि सुविधा भुक्तानीको प्रणालीलाई धेरै सजिलो, झन्झटविहिन र व्यवस्थित गरेको छ ।
कोभेड–१९ को यस्तो विषम परिस्थितिमा कुनै पनि व्यक्ति क्यानाडामा आर्थिक कठिनाईको कारणले दुःख भोग्नुपर्ने अवस्था छैन ।
भ्यांकुभर, २०२० अप्रिल