२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सामाजिक सञ्जाल नियमन विधेयक

संघीय संसद्बाट फिर्ता गर्न - " मन्त्रिपरिषद्को स्वीकृति "

मंगलवार , माघ २०, २०८२

 

काठमाडौँ, माघ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । उक्त विधेयक राष्ट्रिय सभामा विचाराधीन थियो ।

सामाजिक सञ्जाल नियमन गर्न चाहे अब कानुन बनाउन नयाँ विधेयक पेस गर्नु पर्ने हुन्छ ।

यस्तै निर्माणाधीन संसद् भवन परिसर सिंहदबारमा जेन-जी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार