२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दरबारमार्गस्थित उडल्याण्ड होटलमा भीषण आगलागी

बिहिवार , माघ १५, २०८२

काठमाडौं,माघ। काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आज बिहान आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहान १०:१५ बजेतिर होटलमा आगो सल्किएको हो।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिएका छन्। आगो निभाउनका लागि नेपाल प्रहरीको टोली र दमकलहरू घटनास्थलमा खटिएका छन्। आगलागी हुनुको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार