२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्लाही ४ : 'कांग्रेस सभापति थापाको उम्मेदवारी वारेसमार्फत्'

मंगलवार , माघ ६, २०८२

 

सर्लाही, माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन । टिकट वितरणमै व्यस्त हुन परेपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन ।

नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहमार्फत थापाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन ।

यो क्षेत्रबाट निवर्तमान प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनिस यादव, नेकपा एमालेबाट अभिनिस यादव, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादवलगायतले उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार