२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

शिवरात्रीमा रिलिज हुने : 'शिवांश' को टिजर सार्वजनिक

शुक्रवार , पौष २५, २०८२

शिवरात्रीमा रिलिज हुने : 'शिवांश' को टिजर सार्वजनिक

काठमाडौं,   पुस ।  चलचित्र शिवांशको टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फ टिजर सार्वजनिक भएको हो । सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजर छोटो मिठो छ । टिजरमा चलचित्रका मुख्य कलाकार प्रवीण खतिवडा छन् ।

उनी सन्तको भूमिकामा छन् । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर सकिन्छ । ओजपूर्ण आवाज, कलर, दृश्य र संवादसहितको टिजरले कौतुहतता सिर्जना गरेको छ ।

सिनेमाको कथाबारे निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन । टिजरमा पनि कथा सस्पेन्स नै छ । चलचित्र ‘शिवांश’ फागुन ३ गते रिलिज हुनेछ । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शन हुनेछ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ ।

 राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ । चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् ।

 मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् । 

कस्ट्युम कमल मिश्रको छ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको छ । बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । 

सरद महतोको डीओपी रहेको चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् । चलचित्र चौतारीले पोस्ट प्रोडक्सन रहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार