काठमाडौँ, पुस । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेपछि दलभित्रको बिबाद चर्किएको छ ।
कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले आगामी बैशाख २८ देखि ३१ सम्म नियमित महाधिबेशन गर्ने निर्णय गरेपछि यो बिबाद अझ चर्किएको छ ।
महामन्त्री गगन थापाले ििबशेष महाधिबेशनबारे कानुन ब्यवसायीसँग शनिबार नै छलफल राखेका पनि छन ।
दलको बैठकले आगामी बैशाखमा महाधिबेशन गर्ने निर्णयपछि बिशेष महाधिबेशन गर्नुपछ भनेर जुटेका काग्रेसभित्रका एकथरि नेताहरु भने पार्टी कब्जा गर्ने रणनीतिमा असफल हुने भएपछि मबिशेष महाधिबेशनका नाममा दल बिभाजन गर्ने तयारीमा लागेको बताईएको छ ।
बिशेष महाधिबेशन पक्षधरका एकथरिले अब दल कब्जा गर्ने रणनीति फेल खाएपछि विशेष महाधिवेशनका नाममा दल बिभाजन गर्ने अधियान थालनी भएको जनाए ।
कांग्रेस बिशेष अभियानमा जोडिएका उच्च तहका एक नेताले भने , शनिबार महामन्त्री गगन थापाले दल दर्ता गर्नका लागि खोलिदिन प्रधानमन्त्री सुशिला कार्कीलाई अनुरोध गरिएको जानकारी दिए । उनले थपे, बिशेष महाधिबेशनबाट पार्टी कब्जा गर्ने रणनीति हो अब नसकेपछि फुटाउने अभियान अगाडि बढाइएको जनाए ।
पार्टी विधानमा ४० प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । बिशेष महाधिबेशन अभियानकर्ताले भने बिशेष महाधिबेशनले पार्टी अझ बलियो हुने बताए पनि कसरी बल पुग्छ भन्नेचाहिँ दिनसकेका छैनन् ।
स्रोतले भन्यो पार्टी बिाजनन गर्छौ भन्यो भने सफल नहुने तर बिशेष महाधिबेशन भन्यो भने नेता तथा कार्यकर्ताको साथ रहन्छ भनेर बिशेष महाधिबेशनको चर्चा चलाइएको बताइएको छ ।
प्रयास भने बिशेष महाधिबेशन भन्ने तर दल बिभाजन गर्ने नै मूल रणनीति रहेको बताए । विशेष महाधिवेशनलाई निस्तेज बनाउन संस्थापन पक्षको सहमतिमा पुस २६ - २८ मा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका समेत ल्याइएको थियो ।
क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो । त्यसपछि महामन्त्री थापा र शर्माले तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्न वडा र क्षेत्रको अधिवेशन मात्रै गर्ने प्रस्ताव अघि सारेका थिए ।
वडा र क्षेत्रको अधिवेशन गरेपछि केन्द्रीय महाविधेशन गर्ने ढोका खुल्छ । तर, संस्थापनपक्ष त्यसमा तयार नभएपछि असोज २८ गते दर्ता भएको विशेष महाधिवेशनको निवदेन क्रियाशील भएको बताइएको छ ।