काठमाडौँ, पुस । एन आई सी एशिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन । बुधबार बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष श अशोककुमार अग्रवालज्यूले आजै नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा. डा. विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन ।
बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवाल बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा भएको नियुक्तीले यस बैकको उत्थानमा सहयोग पुग्ने विश्वास छ ।
उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको छ ।