काठमाडौँ, पुस । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएकी छन । बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले नेपालमा शिक्षामा लगानी बढाउनु पर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताएकी छन । विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताएकी छन ।
शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको बताईन । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको बताएकी छन ।
उनले भनेकी छन्, ' नेपालमा शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता छ। सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतिकरण अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन आवश्यक छ। '
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको छ। यसबारेमा परामर्श र गृहकार्य भइरहेको छ। प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी रहेको बताएकी छन ।