काठमाडौँ, मङ्सिर । बहुचर्चित गीत काफ्लेकी गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ' कर्नाली सलल ' बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन् । उमेरमै माया प्र्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो ।
कर्णालीका स्थानीयले बोल्ने शब्द प्रयोग गरिएको र सोही क्षेत्रको टोन रहेको गीतले बोलचाल र हासखेल गर्नु नै राम्रो रहेको बताउँछ । गीतमा हर्क साउदको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ ।
गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय छ । कृजन महतले भिडियो निर्देशन गरेका छन् । निकै सशक्त देखिएको भिडियोमा कलर ग्रेडिङ पनि राम्रो देखिएको छ । यो गीत झुमाले करिब दश वर्षदेखि गाउँदै आए पनि भिडियो भने अहिले निर्माण भएको हो ।