२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रकृति पुजारी किराती समुदाय : ' उधौलीको अवसरमा साकेला मनाउँदै '

शनिवार , मंसिर २७, २०८२

 

काठमाडौँ, मङ्सिर । प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मङ्सिर शुल्क पूर्णिमाको दिनलाई सुनुवारले फोलस्याँदर, राईले उधौली साकेला, याक्खाले चासुवा र लिम्बुले चासोक तङ्नाम भन्छन् ।

किरात राईको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। किरातीहरु एकापसमा भेला भएर सङ्गठित रुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने र सकेला नाच्ने गर्दछ।

किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।

टुँडिखेलमा मौलिक भेषभुषामा उपस्थित भएका किरात समुदायले आफ्नो कला संस्कृति झल्किने साकेला तथा चण्डी नाच प्रस्तुत गरेका थिए। स्टलमा किरातीहरुले लागाउने भेषभुषा, गरगहना, बजाउने बाजा तथा घरमा प्रयोग हुने भाडा आदि बेच्न समेत राखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार