२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपीएल लिग : ' आज लुम्बिनी र जनकपुरबीच निर्णायक खेल '

शुक्रवार , मंसिर १९, २०८२

 

काठमाडौँ, मङ्सिर । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

हालसम्म छ खेलबाट छ अङ्क जोडेको लुम्बिनी लायन्सका लागि यो खेल प्लेअफ पुग्नको लागि अति आवश्यक रहेको छ।

यदि लुम्बिनीले आजको खेल जित्न सफल भयो भने, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफको दौडबाट बाहिरिनेछन्।

उता, जनकपुर बोल्ट्सले भने हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ, जसले गर्दा उसको प्लेअफ यात्रा कठिन बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार