२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कान्ति लोकपथ

शनिवारदेखि दैनिक ७ घण्टा बन्द : 'सडक कटिङ र पहिरो पन्छाईने '

मंसिर २० देखि ६० दिनसम्म बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म रोक

बिहिवार , मंसिर १८, २०८२

 

काठमाडौँ, मङ्सिर । कान्ति लोकपथ शनिवारदेखि दैनिक ७ घण्टा सवारी साधन आउजाउ गर्न बन्द गरिएको छ ।

कान्ति लोकपथमा विभिन्न भागमा सडक चौडा बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन लागि शनिवारदेखि अर्थात् मंसिर २० गतेबाट बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सवारी साधन आउजाउ गर्न रोक लगाएको हो ।

कान्ति राजमार्ग सडक आयोजना एकान्तकुनाद्धारा मंगरवार जारी सूचनामा कान्तिलोकपथको विभिन्न भागमा सडक कटिङ गर्नु पर्ने र पहिरो पन्छाउनु पर्ने भएकाले दैनिक ७ घण्टा सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको उल्लेख गरेको छ ।

उक्त सूचनामा मंसिर २० गतेबाट ६० दिनसम्म बिहान ११ बजेदेखि ५ बजेसम्म कान्ति लोकपथमा सवारी साधन आउजाउ गर्न रोक लगाएको उल्लेख गरेको छ ।  वर्षा याममा उक्त राजमार्गमा व्यापक पहिरो गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार