२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रिमियर लिग क्रिकेट : " आज २ खेल हुँदै "

पहिलो : चितवन राइनोज - काठमान्डु गोर्खाज र दोस्रो : कर्णाली याक्स - विराटनगर किंग्सबीच हुने

शुक्रवार , मंसिर १२, २०८२

 

काठमाडौँ, मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज २ खेल हुँदै छ। त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमान्डु गोर्खाजबीच हुँदैछ।

काठमान्डुको यो पाँचौं र चितवनको चौथो खेल हो। काठमान्डुले ४ खेलमा २ जित र २ हारसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ।

चितवन ३ खेलमा २ जित र १ हारसहित तेस्रो स्थानमा रहेको छ। शुक्रबारको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ।

कर्णालीको यो चौथो खेल हो भने विराटनगरको यो पाँचौं खेल हो। विराटनगर ४ खेलमा ३ जित र १ हारसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। कर्णाली ३ खेलमा २ हार र १ जितसहित पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार