भैरहवा, मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ को प्रदर्शन पश्चात्को विषम परिस्थितिमा यो सरकार गठन भएका बताएका छन ।
उनले यो त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्था सामान्य बनाउन सरकार सफल भएको बताएका छन । गृह, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ कार्यक्रममा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन ।
अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्त्वपूर्ण प्रयासका कारण बनेको उनको भनाई थियो । हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं ।
विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहिँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिईरहेको छ, मन्त्री अर्यालले भने ।