२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

समाजवादी अध्यक्ष उपेन्द्र यादवले भने

‘अध्यादेश : " लोकतन्त्र, संविधानको मर्म र भावनाका प्रतिकुल छ"

'राजनीतिक पार्टी फुटाउने षड्यन्त्र : देश र जनताको हितविरुद्ध'

मंगलवार , बैशाख ९, २०७७

 काठमाडौं, बेशाख । सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश राजनीतिक पार्टी फुटाउने षड्यन्त्र गर्न ल्याएको समाजवादी पार्टीले  बताएकाे छ । 

अध्यक्ष उपेन्द्र यादवले मंगलबार विज्ञप्ति जारी गरी राजनीतिक पार्टीलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् । ‘यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटना पार्ने देखिन्छ,’ यादवले विज्ञप्तिमा भनेका छन् 

अध्यादेशले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने समाजवादी पार्टीले बताएको छ ।
‘अध्यादेश लोकतन्त्र र संविधानको मर्म, भावनाका प्रतिकुल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् । यसलाई सरकारले फिर्ता लिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारी कदमको विरोध गर्न पनि समाजवादी पार्टीले आग्रह गरेको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजन गर्न पार्टीको केन्द्रीय समितिको ४० प्रतिशत वा संसदीय दलको ४० प्रतिशतमध्ये एउटा पुग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार