२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल -चीन - भारत सीमा : ' बन्दै छ छाङरु र टिङ्कर जोड्ने बाटो'

बिहिवार , कार्तिक २७, २०८२

 

खलङ्गा (दार्चुला), कात्तिक । चीन र भारतसँग सीमा जोडिएको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१- ८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

नेपालबाटै व्यासको वडा नम्बर १ टिङ्कर र छाङरुको धेरै जसो ठाउँको पैदलबाटो निर्माण अघि बढिसकेको छ भने दोपाखे, बयली र तम्बाकु क्षेत्रको बाटो निर्माण अन्तिम चरणमा रहेको मिसन देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताएका छन ।

सङ्घीय सरकारको ससर्त अनुदानबाट गत आवमा व्यास गाउँपालिकाले पाँच करोड ५० लाखको टेन्डर आह्वान गरी पैदल बाटो निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

त्यसमध्ये एक करोड २५ लाख रुपियाँ बजेट फ्रिज भइसकेको गाउँपालिकाका लेखापाल गोपालसिंह विष्टले जानकारी दिएका छन । गत असार ७ गतेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी बाटो निर्माणको म्याद भने मङ्सिर १५ गतेसम्मका लागि थप गरेको छ ।

थपिएको म्यादभित्र बाटो निर्माण कार्य भइरहेको उनले बताए । गाउँपालिकाले चालु आव २०८२र८३ मा पैदल बाटो निर्माणका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेको उनले बताए । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार