२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ग्लोबल आइएमई बैङ्क : सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने

बिहिवार , कार्तिक २७, २०८२

 


काठमाडौँ, कात्तिक । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । 

उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैङ्कले आर्थिक वर्ष २०८१र८२ मा सात अर्ब २३ करोड रुपियाँ सञ्चालन मुनाफा तथा पाँच अर्ब सात करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको जनाइएको छ । 

साधारण सभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले बैङ्कले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको नीति, नियमको पूर्ण परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

साथै, बैङ्कले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे । 

ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक फरक विधामा सम्मानित भएको छ । 

उक्त बैङ्कले बैङ्क अफ दी इयर २०१४, बेस्ट इन्टरनेट बैङ्क २०१६, बेस्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैङ्क इएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । 

ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैङ्कले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

   

 

काठमाडौँ, कात्तिक । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैङ्कले आर्थिक वर्ष २०८१- ८२ मा सात अर्ब २३ करोड रुपियाँ सञ्चालन मुनाफा तथा पाँच अर्ब सात करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको जनाइएको छ । साधारण सभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले बैङ्कले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको नीति, नियमको पूर्ण परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

साथै, बैङ्कले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे । ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक फरक विधामा सम्मानित भएको छ ।

उक्त बैङ्कले बैङ्क अफ दी इयर २०१४, बेस्ट इन्टरनेट बैङ्क २०१६, बेस्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैङ्क इएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैङ्कले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार