२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश सभा

पछिल्लो कम्युनिष्ट एकता : ' एमालेलाई उछिन्दै नेकपा दोस्रो '

बुधवार , कार्तिक २६, २०८२

 

मकवानपुर, कात्तिक । बर्सौंदेखि टुटफुटको शृङ्खला चल्दै आएको वापपन्थीहरूको पछिल्लो पटकको एकताले भने प्रदेशको राजनीतिक समीकरण र अवस्थामा परिवर्तन आउने भएको छ ।

नेकपा (माओवादी केन्द) , नेकपा (एकीकृत समाजवादी) लगायतका १० दलबीचको एकतासँगै बागमती प्रदेश सभामा दलगत प्रतिनिधित्व र स्वरूपमा परिवर्तन आउने भएको हो ।

प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सभाको सबैभन्दा ठुलो दल बनेको नेकपा (एमाले) दोस्रो कार्यकालमा बागमती प्रदेश सभामा दोस्रो हुँदै यस कार्यकालको तेस्रो वर्षमा पुग्दा तेस्रो ठुलो दलमा झर्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी दलबिचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेश सभामा दोस्रो ठुलो दल बनेको हो ।नेपाली कम्युनिस्ट पार्टीले प्रदेश सभा सदस्य सङ्ख्यामा एमालेलाई उछिनेको छ ।

प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सभामा तेस्रो ठुलो दल रहेको नेपाली कांग्रेस दोस्रो कार्यकालमा आइपुग्दा सबैभन्दा ठुलो दल रहेको छ ।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल मजदुर किसान पार्टीको तीन, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीको प्रदेश सभा सदस्य एमालेको भन्दा एक जना बढी प्रदेश सभा सदस्य अर्थात् २८ जना पुगेको छ ।

एकीकृत समाजवादीका संसदीय दलका नेता रहेका कृष्णप्रसाद खनालले एकता प्रव्रिmया राजनीतिक रूपमा पूरा भएको भन्दै निर्वाचन आयोगमा समेत गएको बताए ।

उनले एकीकृत समाजवादी पार्टीका सातै जना प्रदेश सभा सदस्य एकताको पक्षमा र एकै ठाउँमा रहेको भन्दै १० दलको एकतापछि पारित नौबुँदे प्रस्तावमा एकता प्रव्रियामा सहभागी दलको चुनाव चिह्न लिएर निर्वाचित जनप्रतिनिधि नेपाली कम्युनिस्ट पार्टीको जनप्रतिनिधि हुने व्यवस्था रहेको बताए ।

यस्तै एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले सातै जना एकै ठाउँमा रहेका भन्दै पार्टी एकता भएपछि अर्को निर्णय नभएसम्म वैधानिक रुपमा सबै एकै ठाउँमा हुनु स्वाभाविक भएको बताए ।

प्रदेश सभाको पहिलो कार्यकालमा दोस्रो ठुलो दल रहेको माओवादी दोस्रो कार्यकालमा तेस्रो र पहिलो कार्यकालमा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी चौथो ठुलो दल रहेकोमा दोस्रो कार्यकालमा पाँचौँ स्थानमा झरेको थियो ।

पहिलो कार्यकालको सुरुवाती प्रदेश सभामा सरकार गठनका लागि एकल बहुमतमा रहेको अर्थात् ५८ जना प्रदेश सभा सदस्यसहित प्रतिनिधित्व गर्न पुगेको एमाले अन्तिममा पुग्दा ४१ जना प्रदेश सभा सदस्यमा सीमित बनेको थियो ।

एमाले र माओवादी केन्द्रबिच एकतासहित पहिलो कार्यकालमा नेपाल कम्युनिस्ट पार्टी दुई तिहाइभन्दा बढी ८० जना प्रदेश सभा सदस्य रहेकामा केन्द्रमा विवादपछि तीन वटा दलमा विभाजित भएको थियो । विभाजनपछि माओवादी केन्द्रको २३ र एकीकृत समाजवादीका १३ जना प्रदेश सभा सदस्य रहेका थिए ।

भक्तपुरबाट निर्वाचित एमालेका हरिशरण लामिछानेको निधनपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भडेल निर्वाचितभएका थिए । योसँगै पहिलो कार्यकालमा कांग्रेसका २२ जना प्रदेश सभा सदस्य पुगेका थिए ।

यस्तै एमालेबाट दोलखाबाट निर्वाचित पशुपति चौलागाईंको निधन भएको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेका दुई जना प्रदेश सभा सदस्य राजीनामा दिएर भरतपुर र काठमाडौँ नगरपालिकाको नगरप्रमुखमा निर्वाचनमा प्रतिस्पर्धा गर्न गएको दुवै जना पराजित भएका थिए । गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार