काठमाडौँ, कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्ने बताएका छन ।
मन्त्री खरेलले पिएसबीमार्फत दिइने विषयवस्तु बलियो, प्रभावकारी र दिगो हुनुपर्नेमा जोड दिए । सञ्चारमन्त्री खरेलले भने,पिएसबीको नारा जष्टिफाइ हुन जरुरी छ । यसले दिने कन्टेन्ट बलियो हुनुपर्यो, कन्टेन्टमा नवीनता र सिर्जनशीलता झल्किनुपर्छ र प्रस्तुतिमा निखारपन आउनुपर्छ ।
पिएसबीको पहुँच जनतामा सहज र सरल रुपमा पुर्याइनुपर्छ । उनले चुनौतिका बीच पिएसबीको सुखद सुरुवात भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए।
सञ्चारमन्त्री खरेलले विदेशमा बसोवास गर्ने नेपाली तथा विदेशीहरुको नजरमा नेपालको पहिचान र गौरव झल्किने सामग्री समेट्न जरुरी भएको उल्लेख गरे ।