काठमाडौँ, कात्तिक । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ नेपाली चलचित्र ' जारी २' र ' मन बिनाको धन' प्रदर्शनमा आएका छन् । उपेन्द्र सुब्बाको निर्देशित चलचित्र जारी- २' करिब दुई सय सो सहित प्रदर्शनमा आएको छ ।
जारी को सिक्वेलका रूपमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखुलगायतको अभिनय रहेको छ ।
यस्तै टङ्क बुढाथोकी निर्देशित ' मन बिनाको धन ' बालगायकका रूपमा भाइरल अशोक दर्जीको जीवनकथामा बनेको हो । चलचित्रले अशोकको साङ्गीतिक सङ्घर्ष तथा सफलताको कथा प्रेरणाका रूपमा देखाएको छ ।
चलचित्रमा गायक अशोक दर्जीकै मुख्य भूमिका रहेको छ । अशोकसँगै रमा थपलिया, सरोज खनाल, नीता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउतलगायतको पनि चलचित्रमा अभिनय देख्न सकिन्छ ।