खराब मौसमले पोखराबाट हुने उडान पूर्ण अवरुद्ध
पोखरा, कात्तिक । खराब मौसमको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान पूर्णरुपमा अवरुद्ध भएको छ।
बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण मौसम प्रतिकूल हुँदा शुक्रबार पोखराबाट हुने कुनै पनि उडान हुन सकेका छ्रैनन्।
त्यस्तै पुरानो विमानस्थलबाट हुने जहाजको जोमसोम उडान, हेलिकप्टर र अल्ट्रा लाइटकोे उडान पनि हुन सकेको छैन। बिहीबार भने २० वटा उडान भएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक आवत जावत करिब ६० वटा उडान हुने गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन महाशाखाले जनाएको छ ।
भारतको केरलाबाट मुक्तिनाथ दर्शनका लागि आएका सुनिल रामले यस पटकको यात्रा पोखराबाट नै फर्कनु पर्दा नमिठो भएको बताए।