काठमाडौँ, कात्तिक। देशमा हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको दोहोरो प्रभाव परेको छ।
आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपात वा वर्षा हुने सम्भावना छ।
बाँकी तराईका एक(दुई स्थानमा हल्का वर्षा हुन सक्छ। विशेषगरी, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात वा वर्षाको सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।
यसकारण आज दिनभर देशभर मौसम साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रहनेछ भने तराई भू(भागमा आंशिक बदली हुनेछ।
गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू(भागका एक-दुई स्थानमा मध्यम हिमपात वा वर्षा हुने सम्भावना छ।
साथै, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा भारी हिमपात वा वर्षाको सम्भावना रहेको छ।