२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : ६ महिनापछि अन्तर्राष्ट्रिय उडान

आइतवार , कार्तिक ९, २०८२

 

सिद्धार्थनगर, कात्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज थाई एयर एसियाको जहाज १७ यात्रु बोकेर अवतरण भएको छ। आज मध्याह्न १२ः१५ मा अवरण हुने भनिए पनि १२ः४८ मा १७ यात्रु लिएर विमानस्थल भैरहवा अवतरण गरेको हो ।

एयरबस ३२० को न्यारोबडीको जहाज अवतरण भएसँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ। जहाजले आजै १६२ यात्रु लिएर थाइल्याण्ड उड्नेछ ।

हप्ताको दुई दिन थाई एयर एसियाको उडान तालिका अनुसार यो सिजनमा पुन उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

उनका अनुसार आइतबार र बुधबार दुई दिन उडान हुनेछ। गत अप्रिलमा त्रिभुवन विमानस्थल मर्मतसमेत भएकाले भैरहवा विमानस्थलमा चाप बढेको थियो। त्यतिबेला दैनिक चार वटा उडान भएका थिए।

पाँच महिनामा दुई सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ। त्यसयता केही चार्टर उडान मात्रै भएका छन्। - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार