२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जापानको राजनीति : उदाईन नेत्री ताकाइची, बनिन् महिला प्रधानमन्त्री

मंगलवार , कार्तिक ४, २०८२

 

टोकियो, कात्तिक । जापानको पुरुष प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन ।

६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन। 

उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनकै रूढीवादी दृष्टिकोणकी दृढ समर्थक रहेकी छन । साथै, उनले पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणाका रूपमा सम्मान गर्दै आएकी छन ।

चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा नियमित रूपमा दर्शन गर्न जानुहुने ताकाइचीलाई चिनियाँ बाज भनेर पनि चिनिन्छ। यो मन्दिर जापानको द्वितीय विश्वयुद्धकालीन आक्रमणको प्रतीक मानिँदै आएको छ।

जापान अझै लैङ्गिक समानताका सूचकाङ्कमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गरेकी थिईन ।

तर, पार्टीको अध्यक्षमा निर्वाचित भएपछि उनले भने, 'अब एलडिपीको पहिलो महिला अध्यक्ष भएपछि यसको रूपरेखा केही परिवर्तन हुनेछ।'

सन् १९९३ मा आफ्नै गृहनगर नारा प्रान्तबाट संसद्मा निर्वाचित हुनुभएकी ताकाइचीले त्यसयता आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयका जिम्मेवारी बहन गरेकी छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार