२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बाढी पहिरो : ' इलाममा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो '

मंगलवार , आश्विन २१, २०८२

 

पशुपतिनगर (इलाम) असोज । सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुट्टको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङ असोज १८ गतेदेखि बेपत्ता भएका थिए। स्थानीय खोलाले बगाएको करिब चार सय मिटर तल मङ्गलबार उनको शव फेला परेको छ । इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो ।

असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो । इलाम नगरपालिका ६ का महेन्द्र लिम्बू अझै बेपत्ता छन । जिल्लाका सबै ठाउँमा सडक अवरुद्ध छ । जिल्लाका दुरदराजमा गर्भवती र बिरामीको बिचल्ली भएको छ ।

बिचल्ली भएकालाई लिन गएको नेपाली सेनाको हेलिकाेप्टर समेत अवतरण गर्न सकेको छैन । प्रतिकुल मौसमका कारण उद्धारमा कठिनाई भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकी छन ।

स्थानीय पालिकाले सडक खुलाउनका लागि सबै ठाउँमा काम गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार