२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय परीक्षा बोर्ड : एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

शनिवार , आश्विन ११, २०८२

 

काठमाडौँ, असोज । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका एकलाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिएका छन ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म नन ग्रेडेड प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार