२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मधेश प्रदेश सरकार : ' कांग्रेसले लियो समर्थन फिर्ता '

बुधवार , आश्विन ८, २०८२

 

जनकपुरधाम, असोज। नेपाली कांग्रेस मधेशले जनमत पार्टी नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार जनकपुरधाममा बसेको कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गर्दै आजकै मितिबाट सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने र सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरुले छलफल गर्दै जनमत पार्टीले नै मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइसकेकाले नेपाली कांग्रेसले समर्थन जारी राख्न औचित्य नरहेको निष्कर्ष निकालेका थिए ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, सरकारको नेतृत्व गरिरहेको दल जनमत पार्टीले नै वर्तमान सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएर मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाइसकेको अवस्थामा नेपाली कांग्रेस पार्टीले समर्थन दिई रहनुपर्ने कुनै औचित्य छैन । त्यसैले आजकै मितिबाट समर्थन फिर्ता लिइएको छ ।

जनमत पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले पनि आजदेखि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको कांग्रेस मधेशका महामन्त्री बृहस्पति श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार