२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भौतिक संरचनाको पुनर्निर्माण समिति गठन

सरकारले भन्याे : ' भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्नुस् '

बुधवार , आश्विन ८, २०८२

 

काठमाडौँ, असोज । अर्थ मन्त्रालयले भदौ २३ र २४ गतेको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण गर्न सहयोगका लागि अनुरोध गरेको छ।

भौतिक संरचनाको पुनर्निर्माण समिति (गठन) आदेश २०८२ जारी भएसँगै यस्तो अनुरोध गरेको हो। आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ खडा गरेको हो।

अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेयले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो अनुरोध गरेका हुन ।

राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखामा रहेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नम्बर १९६०१००१०२०७०००४ मा योगदान गर्न अनुरोध गरिएको छ। मन्त्रालयको विज्ञप्तिमा बैँक खाताको विवरणसहित क्युआरसमेत दिइएको छ।

nepal-bank.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार