२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

शिक्षामन्त्रीको निर्देशन : 'एक विद्यालय एक कम्प्युटर शिक्षक अनिवार्य '

तीन महिनामा परीक्षाको नतिजा प्रकाशन नगरे अनुदान रोक्ने

मंगलवार , आश्विन ७, २०८२

 

काठमाडौँ, असोज । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले एक विद्यालय एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न निर्देशन दिएका छन । शिक्षामन्त्रीको पदभार ग्रहण गरेको दोस्रो दिन शिक्षामन्त्री पुनले यो निर्देशन दिएका हुन ।  

उनको निर्देशनमा सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप गर्नुपर्ने उल्लेख छ।

नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्नेछ , मन्त्री पुनको निर्देशनमा भनिएको छ।

मन्त्री पुनले तुरुन्त गर्नुपर्ने काम भन्दै मंगलबार तीनवटा निर्देशन दिएका हुन ।

उनले परीक्षा लेखेको बढीमा तीन महिनाभित्र नतिजा प्रकाशन गर्नसमेत निर्देशन दिएको छ। समयमा मै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गर्नसमेत उनले निर्देशन दिए ।

त्यसैगरी मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाता भित्रका रुख नकाटी झाडी फाँडेर सुन्दर बगैंचासहितको फुटपाथ बनाउन निर्देशन दिएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार