२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जेनजीका प्रतिनिधिलाई वार्तामा आउन राष्ट्रपतिबाट अपिल

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं, भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका छन ।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन जीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका छन ।

prez_24.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार