२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री ओलीको राजीनामा

बालेनले आन्दोलनरतलाई भने : ' अब संयमित हुनुहोला, देशको नेतृत्व तपाईंकै पुस्तामा '

मंगलवार , भाद्र २४, २०८२

 

काठमाडौँ, भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले संयमित हुन जेन-जी समूहलाई आग्रह गरेका छन् । 

फेसबुक पोस्टमा बालेनले देशको जनधन सबैको सम्पत्ति भएको पनि बताएका छन् । प्रधानमन्त्रीको राजीनामा आइसकेकाले संयमित हुन जरुरी रहेको उल्लेख गर्दै उनले लेखेका छन्, 'अब संयमित हुनुहोला !

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं- हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार