काठमाडौँ, भदौ ।वि सं २०८२ को आज पहिलो खण्डग्रास चन्द्रग्रहआइतबार खण्डग्रास लाग्दैछ । । २०८२ सालकै फागुन १९ गते मंगलबार पनि चन्द्रग्रहण नै लाग्दैछ । एकै वर्ष दुई वटा चन्द्रग्रहण लाग्ने भएकाले निकै महत्वका साथ हेरिएको छ । आइतबार लाग्ने पहिलो चन्द्रग्रहण तीन घण्टा ३० मिनेट लामो हुनेछ ।
राति १० बजेर ११ मिनेटमा शुरू हुने चन्द्रग्रहण राति ११ बजेर १५ मिनेटमा सम्मीलन, राति ११ बजेर ५६ मिनेटमा मध्य, राति १२ बजेर ३८ मिनेटमा उन्मीलन, राति १ बजेर ४१ मिनेटमा समाप्त हुनेछ ।
नेपालसहित दक्षिण र पूर्वी एशियाका देश तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण युरोपबाट ग्रहण देख्न सकिने दाबी गरिएको छ ।
ग्रहण बेलामा के-के गर्नु हुँदैन ?
विज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानू भनेको छ । ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नुपर्छ।
;ग्रहण लागेका बेलामा सुतेमा रोग लाग्छ, दिसा-पिसाब गरेमा दरिद्र हुन्छ, त्यसपछि दिसा-पिसाबको किटाणु योनीमा जन्म हुन्छ, मैथुन गर्नु हुँदैन मान्यता छ । शृङ्गार वा गाजल लगाएमा गर्नु हुँदैन ।
चन्द्रग्रहण वा सूर्यग्रहणमा पूजापाठ गरी दान गरेमा शुभ फल प्राप्त हुने विश्वास छ ।
साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने मान्यता छ ।
ग्रहणको बेलाफूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ । ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।
राशि अनुसार ग्रहणको प्रभाव पनि फरकफरक हुन्छ ।मेष, वृष, कन्या र धनु राशि भएकालाई शुभ रहेको भने ग्रहण अवलोकन गर्नु राम्रो मानिन्छ । मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि ग्रहणको फल राम्रो हुँदैन ।